नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी

काठमाडौं, वैशाख ६
नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी ‘Nepal Optical Expo 2025’ वैशाख ५ गते बाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। तीनदिने यो प्रदर्शनी वैशाख ५, ६ र ७ गते (अप्रिल १८–२०, २०२५) सम्म सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ।

नेपाल अप्टिकल उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा अप्टिकल फ्रेम, सनग्लास, स्पेक्टेकल लेन्स, कन्ट्याक्ट लेन्स, लो भिजन समाधान, अप्टिकल सफ्टवेयर, उपकरण, प्याकेजिङ, स्टोर डिजाइन, फिक्स्चर, फिटिङ्स, क्लिनिङ प्रडक्ट्स लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनीमा अप्टिकल रिटेलर, डिलर, वितरक, नेत्र चिकित्सक, अस्पताल, आई क्लिनिक, फ्रेम र लेन्स निर्माता, स्टोर डिजाइनर, कन्सल्टेन्ट, फेशन स्टोर, स्पोर्टिङ गुड्स स्टोर, आई केयर च्यारिटी संस्थाहरू लगायतका व्यवसायीहरू सहभागी छन्।

Association of Eyewear Wholesalers Nepal (AEWN) को आयोजनामा र S D Promo Media Pvt Ltd को मार्केटिङमा आयोजित यस प्रदर्शनीमा सहभागी हुन इच्छुकले (https://nepalopticalexpo.com/) मा गएर निःशुल्क इ-ब्याज दर्ता गर्न सक्नेछन् अथवा प्रदर्शनी स्थलमै पनि कार्ड बनाउन सकिन्छ ।

नेपाल अप्टिकल उद्योगको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा सहभागी भई नयाँ प्रविधि र व्यापारिक सम्भावनाहरूको अवलोकन गर्न सकिनेछ।
यदि तपाईं अप्टिकल व्यवसायमा संलग्न हुनुहुन्छ भने, यो प्रदर्शनी तपाईंका लागि नयाँ व्यापारिक सम्भावनाहरू खोज्ने, नवीनतम प्रविधिहरू अवलोकन गर्ने, र उद्योगका अग्रणीहरूसँग नेटवर्किङ गर्ने उत्कृष्ट अवसर हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube