अनुभव नै अनुभवको सङ्गालो

अनुभव नै अनुभवको सङ्गालो
सात कक्षामा पढ्दा गाउमै ढुङ्गा बोकेर एक घनमिटरको पाच सयको दरले एकहजार दुई सय पचास कमाएको थिए । आठ कक्षामा पढ्दा नजिकको बजार पन्ज्युनयामा एउटा होटेलमा भाडा माझ्ने काम बर्षे बिदाको समयमा गरेको थिए । 16 दिन काम गरेर पाच सय नगद एउटा भेस्ट ,एक लिटर खानेतेल ,एक केजि मिठाई पाएको थिए ।त्यसपछी  नजिकका मन्दिरहरुमा गौरा र जात्राको मेला लाग्दा CMA पढिसक्दा सम्म पनि खाजा नास्ताको स्टल राख्ने गर्थे । एकदिने व्यापार भए पनि फाइदा राम्रै हुन्थ्यो । मिहिनेत चाहिँ गर्नै पर्थ्यो । एउटा तिर ब्यापारिक खुबी बढ्दै गैरहेको थियो भने अर्को तिर सामाजिक सेवाभावको खुबी बढिरहेको थियो । इष्टकुल देवता हुनैनाथ मन्दिर म सात कक्षामा छ दै बनिरहेको थियो । सात कक्षाको अन्तिम परीक्षा सक्किएपछी देखि आठ कक्षाको दशै बिदामा समेत मन्दिरमै बसेर काम गर्न आउने तथा भक्तालुजनहरुलाई चिया बनाएर दिने तथा खाना खाएका भाडाहरु माझ्ने र आबस्यक परेका सामानहरु लिन बजार गएर ल्याउने काम गर्थे । मन्दिरमा काम गर्न औधी मन पर्थ्यो । मन्दिरमा खाना बचेको बेला घर लिएर आउथे । यसरी नै मेरो स्कुल जीवनको अनुभव पाइरहे । CMA को OJT सक्काएपछीको समयमा आफ्नै गाउमा स्वास्थ्य शिबिर गर्ने सोच आयो । पुष्कर बिष्ट दाइ र रुपेश साउद केही दिनको निरन्तर छलफल पछि  बृहत्तर स्वास्थ्य शिबिर तथा सास्कृतिक कार्यक्रम गर्ने निर्णय भयो । योगेन्द्र खड्का दाइ को बिशेश सहयोग रह्यो । उहाले ल्याब पढिसकेको हुनाले अझै सुगर र रक्त समूह जाँच गर्न पनि सकिने सुझाव दिए पछि ल्याबको सेवा पनि दिने भयौ । धेरै मानिसहरुले सहयोग गर्नुभयो । पैसा संकलनको लागि म आफै हिड्थे । राम्रो कामको लागि पैसा माग्न लाज मलाइ कहिलै लागेन । गौराको समयमा प्रचारको लागि पम्प्लेटहरु बनाएर महेन्द्रनगरबाट सर्मोली लग्यौ ,बाड्यौ सबै तिर । सबै सामान धनगढी र महेन्द्रनगरबाट लग्यौ । हाम्रो कार्यक्रमलाई साथ दिन महेश पन्त सर आउनुभयो । योगेन्द्र खड्का ,खेम धामी जी ,राम बिस्ट जी ,मिश्र जी र म मेडिकल टिम भयौ । ब्य्बस्थापनमा स्व. लक्ष्मण बोहरा काका ,महादेव काका लगायत जागृती युवा समाजका सबै टिम लाग्नुभयो । ब्लड प्रेसर ,रक्तसमुह,सुगर,तापक्रम जाच्ने र सामन्य औषधिहरु बितरण गर्ने गरेर तत्कालीन सर्मोली गाबिसका नौ ओटै वडामा एक एक दिने शिबिर गरेर अन्तिम दशैको दिन पारेर बृहत् सास्कृतिक कार्यक्रम गरेका थियौ । स्थानिय तथा रास्ट्रीय कलाकारहरुको प्रस्तुतिलाइ ब्यबस्थापन गरेका थियौ । त्यो बेला कोर टिम बच्चै भएको र शिबिरहरुको अनुभवी अग्रजपनी नभएकोले धेरै नै दुख गरियो । त्यसपछिका केही बर्ष म कहिले मेडिकलहरुमा काम गर्ने त कहिले केही अन्य कुराहरु सिक्ने गर्दै दुई बर्ष महेन्द्रनगरमा बिताए । मैले मेडिकलमा काम गर्दा  महिनाको दुई हजार पाउथे । खुसी भएर बिहान सात देखि बेलुका आठ बजे सम्म काम गर्थे । धेरै कुरा सिके ।लगभग पन्ध्र महिना काम गरे । पछि केही समय आफन्तकै निर्माण कम्पनिमा काम गरे । त्यसपछी सन 2017 मा काठमाडौ आएछु आज फेसबुकले याद दिलायो । कोरियन पढ्ने भनी आए DV पर्यो । अमेरिका जाने भनेर कोरियन छोडियो । पछि न अमेरिका न कोरिया । मेरा लागि केबल कोरिया जाने र अमेरिका जाने साथिहरु सङ्गको सम्बन्ध मात्र बन्यो यो नै ठूलो उपलब्धि मानेको छु । DV reject नहुन्जेल सम्मको दुई बर्षमा महेन्द्रनगरमा बुबा सङ्गै ठेलामा साथिको खाजा घर ब्यबसाय चलाए। पछि लोकसेवाको तयारी गर्ने भनेर क्लास लिन थाले र सङ्गै पोलिक्लिनिकमा काम गर्न थाले । महिनाको सात हजारमा । केही समय पछि सुचना आयो लोकसेवाको परीक्षा यो बर्ष हुदैनन भन्ने अनि महेन्द्रनगर गए । गाउमा फेरि बृहत् शिबिर राख्ने भनेर दीपक बिष्टले फोन गर्यो मैले हुन्छ भने । पैसा जुटाउन थाल्यौ । राम्रै पैसा उठ्यो । स्वास्थ्य शिबिर ,पशु तथा कृषि शिबिर भनेर टोल टोलमा शिबिर गरियो । धेरैले सहयोग गर्नुभयो । गाउलेहरु सबैले राम्रो सेवा पाए । हरेकलाइ जुकाको औषधि पनि बाड्यौ । तरकारिको बीउ पनि बाड्यौ । कृषि ,भेटेनरि ,स्वास्थ्य सम्बन्धि पढेका गाउकै दाजु भाइ  दिदी बहिनी मिलेर सम्पन्न गर्यौ ।
फेरि काठमाडौ आए । एउटा होम केयरमा काम गर्न थाले । चौबिस घन्टा डिउटी । तलब पन्ध्र हजार ।  एक महिनामै थाहा भयो सम्पुर्ण काम मैले गर्ने अनि पैसा चाहिँ मेरो भन्दा बढी कम्पनिले समाउदो रहेछ । अर्को महिना आफ्नै होम केयर इन काठमाडौ भनेर फेसबूकमा पेज खोले । क्लाइन्ट पनि पाए र सुरु गरे । महिनाको चालीस हजारमा सेवा गर्ने गरि डिल भयो । पन्ध्र हजारमा काम गरिराखेको मान्छे एकै चोटि चालीस हजार पाउँदा मनै खुसी भयो । पहिलो कमाइले साइकल र कपडा किने । अब साइकलमा कुद्ने भए काठमाडौमा साइकल चढेपछी चाहिँ जामको  कत्ती पनि महसुस नहुदो रहेछ । दोस्रो महिना देखि अर्को स्टाफ राख्नुपर्यो भनेर बिज्ञापन खोले 16 जनाको exam गरे ,interview लिए । क्या गज्जबको अनुभव बटुले । अन्तिममा छनोट गरेको मान्छेले दुई दिनमै घर जानुपर्ने भयो भनेर काम छोडिदियो । गाउबाट साथी बोलाए भग्गु । उस्ले साथ दियो सङ्गै बस्यौ काम गर्यौ । स्पष्ट बताएको थिए बार्ह हजार तिमिलाइ दिन्छु भनेर मेरो भन्दा राम्रो काम गर्न थाल्यो । म अर्को क्लाइन्ट खोज्न तिर लागे । भेट्न त भेटे तर उहालाइ पनि चौबिसै घण्टा सेवा दिनु पर्ने । होम केयरमा काम गर्न चाहने कोहि पनि भेटेन र क्लाइन्ट सुरुमा मैले जोइन गरेको कम्पनिलाइ दिए ।
व्यापार दुई महिना चल्यो त्यसपछी तिलगंगामा नाम निस्क्यो । तिम्रो व्यबहार बुझ्दा तिलगंगामा काम गर्नु तिम्रा लागि धेरै नै राम्रो हुनेछ । काम गर्नेहरुलाइ पढाइ पनि दिन्छ देश बिदेश सबै तिर काम गर्न पनि पाइन्छ भनेर मैले सेवा दिने पुर्ब TU डिन तथा न्यायाधीश कनक बिक्रम थापाज्यूले सुझाव दिए पछि मैले आफ्नो कामलाई मैले सुरुमा काम गरेको होम केयर कम्पनिलाइ दिएर तिलगंगाको नियुक्ती लिए । नियुक्ति लिएको हप्ता दिनमै लकडाउन सुरु भयो । यो बिचमा बुबा सङ्गै ठेलामा तरकारी बेच्न महेन्द्रनगरको गाउँ गाउँ पुगे र साझको समयामा छ महिना कंचनपुर रेडियोमा बौद्धिक ज्ञान कार्यक्रम चलाए भने बिहान ट्युसन पढाए जसमा बहिनीहरुलाइ 50% छुटको ब्यबस्था गरेको थिए। लकडाउनले केही तिता मिठा अनुभव भने गज्जबका दिए । एक बर्ष पछि तिलगंगामा फेरि नया नियुक्ति दियो । रामेछाप आएर काम गर्न थाले । के गर्ने हो जिन्दगीमा खास उद्देश्य नभएको म जहिले जे मन लाग्यो त्येही गर्ने म तिलगंगामा काम गर्न थाले पछि एक उद्देश्य बन्यो । ब्यबसाय सङ्गै समाजसेवा गर्ने र सकेको योगदान यो रास्ट्रलाई दिने ।
मैले जागिर गरु या आफ्नै ब्यबसाय अथवा समाजसेवा नै जे गर्दा पनि यो रास्ट्र,रास्ट्रीयता र मानवताको पक्षमा हुनेछ ।

साथिको खाजा घर यो बर्ष देखि परम्परागत खाना क्याफे अर्थात सुदुरको खाना पाइने क्याफेमा परिणत भैसकेको छ भने म बाट हामी पनि भैसकेको छु । हामी पछिको अनुभव दोस्रो शृङ्खलामा आउनेछ । पढ्दै रहनुहोला ।

कस्तो लाग्यो मेरो अनुभव

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube