सत्तरीमा टेक्न लागेका डा सन्दूक अझै सक्रिय
सत्तरीमा टेक्न लागेका डा सन्दूक अझै सकृय

फेब्रेवरी महिना चाँहीँ डा सन्दुक रुइटको फुर्सदिलो क्षण पो हो कि ?! सन २०२० को फेब्रेवरी महीनामा पनि Motivational Speech को लागि उनी समय मिलाएर न्युयोर्क आएका थिए | यसपालीको सन २०२४ को मोटिभेशनल स्पिच पनि फेब्रेवरी महिनामै भएको थियो | त्यो पनि दुई ठाउँमा – टेक्सास र न्युयोर्कमा ! उनको Motivational Speech लाई थप् Motivate गर्न, TV Presenter, Master of ceremonies, मखमली आवाजका धनी सञ्जय सिलवाल गुप्ता पनि डा सण्डुकसितै जोडिएका थिए | यो MS को चाँजोपाँजो मिलाउने हाम्रो न्युयोर्के Master of ceremony लेलिन कंडेल थिए | दिवंगत विश्व सर्वहारा नेता भ्लादिमिर लेनिनसित उनको ‘ल’को पनि साईनो छैन | त्यसमाथि उनको नाम लेनिन नभएर लेलिन हो | लेनिन र लेलिनमा एउटा कुरामा चाँहीँ एकरुपता छ : त्यो हो -जीवन र जगतलाई समभावीय दृष्टिकोण राख्छन दुवैजना |
माथि मैले फुर्सदिलो फेब्रेवरी भनेर लेखे पनि, उनी एउटा मिशन बोकेर उत्तर अमेरिका र दक्षिण अमेरिका आएका थिए | अमेरिकाको नामी विश्वबिधालय Yale मा सम्पन्न एउटा अन्तरराष्ट्रिय भेलामा भाग लिएर मेक्सिकोको Monterrey नगरीमा करीब एकहप्तासम्म चलेको Eye Camp मा बग्रेल्ती आँखा बिरामीहरुको उपचार् मात्र नगरि स्थानीय आँखा डाक्टरहरुलाई आफ्नो उपचार् बिधी पनि बाँडचुँड गरे | भविष्यमा बोलिभियामा पनि आँखा शिबिर गर्ने योजना भएको जानकारीमा आयो |

फेब्रेवरी १७ मा टेक्सासेली नेपालीहरुसित भलाकुसारी गरेपछि त्यही रात न्युयोर्क नउडी नहुने थियो | कारण भोलिपल्ट न्युयोर्केली नेपाली श्रोताहरु उनलाई ब्यग्रताकासाथ प्रतिक्षा गरिरहेका थिए | फेरी आफ्नै ओलाङचुङे गाउँलेहरुसित पनि नभेटी भएन | १८ को बिहानदेखी भ्याइ नभ्याइ पो थियो त ! बिहानीको समय ओलाङचुङ सामुदायिक भवनमा करीब ३ घण्टा जति वलुङेहरुसित अन्तर्कृया भयो | त्यसको लगतै नेपाली समुदायहरुसितको भलाकुसारी थियो भने बेलुकी स्थानीय ‘याक’ रेष्टुरेन्टमा डिनर प्रोग्राम थियो | एकदमै टाइट प्रोग्राम ! न्युयोर्कको ल्याण्डमार्कहरु – Statue of Liberty, Empire state building, Brooklyn Bridge सण्डुक दाज्युले नजिकैबाट देखेको कुरामा शंकै छ | कर्मबिरहरुलाई यि कुराहरुले खासै महत्व राख्दैन | सत्तरीमा टेक्न लागेका डा सण्डुक झनै सकृय छन | अवकाशको त नामोनिशान छैन !

” तपाईंँलाई मानिसहरुले God of Sight भनेर सम्बोधन गर्दा, तपाईंँलाई कस्तो अनुभुती हुन्छ” ? भनेर सन २०२० मा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए : ” People very nicely call me ‘God of sight’ , That’s Bullshit”। हल तालीले गुञ्जयामान भएको थियो | यसपाली पनि थुप्रैचोटी उनलाई ‘द्रिष्टिका भगवान’ भनेर सम्बोधन गरेपनि उनले त्यसमा केही टिकाटिप्पणी गरेनन ! आ,,, जेसुकै भनिराखोस् है भन्ने लाग्यो कि उनलाई ?! हुन पनि, हामी नेपालीहरु कसैलाई प्रशंशा गर्दा, गुणगान गर्दा, त्यो ब्यक्तिलाई देवत्वकरण गर्छौँ, अलौकिक बनाउँछौँ । डा. सण्डुक रुइटलाई पनि त्यसै गर्यौँ । डा. सण्डुक रुइटको नामको अगाडि र पछाडि अब कुनै बिशेषण झुण्ड्याइ रहनु पर्दैन | डाक्टर नलेख्दा पनि पो हुने भैसक्यो । उनको सण्डुक नाम नै Larger than Life भैसक्यो । आसन ग्रहण गर्न नपाउंदा रिसाउने, पद र पदकप्रति लालयित, खादाको लागि मरिहत्ते गर्ने, सम्मानको लागि सोत्र्याम्म पर्ने, नक्कली जिन्दगी जिउनेहरुकोलागि, god of sight बारे उनले दिएको प्रतिकृया, गतिलो झापड होइन त ?
न भाषण, न मञ्चाशन, न आसनग्रहण, न खादाओढ्ने , न माननीय, पूज्यनीय, ढोगनीय आदि शब्दहरु नै उच्चारण गरे | Motivational Speech का लागि निम्त्याइेएका डा. सण्डुक रुइटलाई निश्चित समयमा हलमा प्रवेश गराएर, कार्यक्रम शुरु भै त गो ! उनी प्रखर वक्ता होइन, यो उनको पेशा पनि होइन । आँखामा भएको जटिल भन्दा जटिल समस्यालाई छुमन्तर गर्ने उनको हातमा जादु छ । त्यो उनको पेशा हो ।आफ्नो सत्कर्म, सदभाव र समभावबारे, सरल, स्पष्ट र अर्थपूर्ण बयान दिए | Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे ।

सण्डुक रुइटबारे स्वदेशीलेभन्दा बढी बिदेशीले उनको बखान गरेका छन | त्याग , समर्पण, कर्मवीर, मानवीयता, जुझारुपन आदि नै सण्डुक रुइटको पर्यायवाची शब्दहरु हुन्।कर्मको लेखा ठानेर बर्षौँ बर्ष अन्धो भएर नेपालका कुना कन्दराहरुमा बाँचि रहेका निर्धा, निमुखा, बेसाहरा खालिखुट्टेहरुको घर दैलोमा गै, उनले, तिनारुलाई दृष्टि दिलाई बेस्मारी गुण लगाएका छन् । डाँडा काँडा, खोला नाला, भञ्ज्याङ, देउरालीहरु छिचोल्दै उनी पुग्छन् तिनका आँखा ठीक पार्न तिनकै आँगनमा ! ति दुर्गम् स्थलहरुमा जानै पर्ने उनलाई बाध्यता पनि छैन, कसैले उनलाई घचेटेको पनि छैन। तर उनी जान्छन बेला बेलामा आफ्नो दलबल सहित ति ठाउँहरुमा र आफ्नो अतुलनीय मानवीय सेवा प्रदान गरेर सबैलाई चकित पार्छन्, प्रेरणा दिन्छन्, हौसला दिन्छन् र सार्थक जीवन यसरी जिउनुपर्छ भनेर सन्देश दिन्छन् । यो पंक्तिकारलाई भन्नेले त प्याच्च भन्ला- आफ्नै ओलाङ्चुङे, त्यसमाथि नातेदार दाज्युको गुणगान गाउने नै भयो नि ! अरुले त्यसो भन्ला भनेर के म एउटा कर्मवीर, निस्वार्थी, आफ्नो पेशामा दत्तचित, मानवीय गुणले परिपूर्ण, सहि मानेमा देशप्रेमी, दृष्टिदाताकोबारेमा नलेखी बसुम् त ?
नेपालमा नेपालीहरुले उनको सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेका छन्।एकजना बिदेशी पत्रकार-लेखक David Oliver Relin ले डाक्टर सण्डुक रुइट र उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन्। बहुचर्चित किताब Three Cups of Tea का सहलेखक पनि हुन्- Relin । हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मबिर सण्डुक रुइटबारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् । सण्डुक दाज्युकै शब्दमा भन्दा, जे काम तिमी गरिरहेका छौ, त्यसमा डुब्नु पर्छ, लागिपर्नु पर्छ र त्यसलाई माया गर्नुपर्छ ।
बिदेशी लेखकको आँखामा सण्डुक रुइट कस्ता रहेछन् भनेर जान्नलाई उक्त किताबहरु पढनुपर्छ ।नहाफिकन मैले पढेको पुस्तक मध्ये Second Suns पनि हो । अम्रिकाली डाक्टर Geoffrey Tabin डाक्टर सण्डुकको मिशनमा पछि समाबेश भएका हुन्। यि दुवै डाक्टरद्वय Himalayan Cataract Project को नाममा बिकासोन्मुख मुलुकहरुमा दृष्टिबिहिनलाई दृष्टि दिएर घामकै काम गरिरहेकाछन्। David Oliver Relin ले आफ्नो किताबको नाम Second Suns राखेपनि मलाई चाँहीँ ‘दुइटा घाम’ भन्न मन लाग्छ ।
सण्डुक रुइटहरुले निरन्तरता पाइरहनुपर्छ | आजलाई यतिमै बिट मारें !
- Sasang Lama, New York
lama13sasang@gmail.com