अनिल साउदको चस्मा पाठशाला पुस्तक सार्बजनिक

प्रिय पाठकवृन्द,

आँखा हाम्रो जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो। तर चस्मा र आँखा स्वास्थ्यबारे सही जानकारीको अभावले धेरै मानिस अनावश्यक समस्या र खर्चमा परिरहेका छन्। यही कुराले मलाई Chasma Pathshala लेख्न प्रेरित गर्‍यो।

वर्षौंदेखि आँखा स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले देखेका वास्तविक अनुभव, सेवाग्राहीका जिज्ञासा, सस्तो र महँगो चस्माबारेको भ्रम, पावरको अर्थ नबुझ्दा हुने असर जस्ता विषयलाई सरल र बुझिने भाषामा यस पुस्तकमा प्रस्तुत गरेको छु। यो पुस्तक विद्यार्थी, अभिभावक, व्यवसायी तथा चस्मा व्यवसायसँग जोडिएका सबैका लागि उपयोगी हुने विश्वास लिएको छु।

हाल यो पुस्तक DrishtiKendra (drishtikendra.com) मार्फत अनलाइन PDF स्वरूपमा प्रकाशित गरिएको छ, ताकि धेरैभन्दा धेरै पाठकसम्म सजिलै पुग्न सकोस्। आर्थिक अवस्था अनुकूल हुँदै गएपछि यसलाई भौतिक पुस्तकका रूपमा पनि प्रकाशित गर्ने मेरो योजना छ।

मेरो उद्देश्य केवल पुस्तक प्रकाशन गर्नु होइन, आँखासम्बन्धी सचेतना फैलाउनु हो। यदि यस पुस्तकले तपाईंलाई आफ्नो दृष्टि स्वास्थ्यप्रति सजग बनायो भने, मेरो प्रयास सफल हुनेछ।

अन्त्यमा, यो यात्रामा साथ दिने सबै गुरुजन, सहकर्मी, परिवार र पाठकप्रति हार्दिक धन्यवाद।

स्वस्थ आँखा, स्पष्ट दृष्टि र उज्यालो भविष्यको कामना सहित।

पुस्तक पढ्नको लागी


अनिल साउद
लेखक, Chasma Pathshala

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube