आँखा शिबिरको उज्यालो अनुभव
अनिल साउद, रामेछाप


रामेछाप जिल्ला फर्पुका 75 वर्षीय धन लक्ष्मी सुनुवार लाई मैले पहिलो पटक तिलगंगा आँखा प्रतिष्ठान द्वारा सन्चालित 2079 फाल्गुन 4 गते बुधबार मोतियाबिन्दु अप्रेसन आँखा शिबिरमा उहाकी छोरिले डोर्याएर ल्याएको देखेको थिए।उहालाइ देखेपछी मैले कुराकानी गर्न खोज्दा उहाको बिगत चार बर्ष देखि दुबै आखाले कम देख्दै आइरहेको र यो बर्षको मन्सिर महिना देखि देख्न छोडेको बताउनुभयो ।उहाको दैनिकि क्रियाकलापहरु जस्तै खाना खाने ,नुहाउने,चर्पी प्रयोग गर्ने जस्ता कामहरुमा एक जना सहयोगी राख्नुपर्ने अबस्था रहेको उहाकी छोरिले बताउनुभएको थियो। कुरा गर्दै जादा मलिनो अनुहारमा उहाले मलाइ मेरो छोरा मेरो बुहारी ,नाति नातिनी कस्ता भए होलान भन्ने लागिरहन्छ । सर मलाइ देख्ने बनाएपछी म नाचेर घर जान्छु । छोराछोरी नातिनातिना देख्ने ठूलो इच्छा छ भन्नुभयो । उहाको सफल शल्यक्रियाको कामना गर्दै कुरा टुङ्याएको थिए ।
उहालाइ सामुदायिक आँखा केन्द्र रामेछाप सामुदायिक आँखा केन्द्र तथा तामाकोशी सहकारी अस्पताल मन्थलीमा तिलगंगा आँखा प्रतिष्ठानबाट आएका नेत्र रोग बिशेसज्ञ नम्रता गुप्ता सहितको टोलिले शल्यक्रीया गरेपछि धनलक्ष्मिको आँखाको ज्योती सामान्य अबस्थामा फर्किएपछी उहाको अनुहारमा चमक आयो र खुसी हुँदै भन्नुभयो ” बोल्न त धेरै जान्दिन पढेलेखेको छैन सर डा. साब लगायत सबैसबैलाइ धेरै धेरै धन्यवाद ।” अब त म मान्छे चिन्न सक्ने भए भन्दै गहभरी आँसु टिलपिल पर्नुभयो । यो कुरा सुन्दा मेरो आखामा आँसु रसाए ।यो आँसु भन्ने चिज पनि कस्तो कस्तो खुसी हुदा पनि आउने दुखी हुदा पनि आउने ।आफुलाइ सम्हाल्दै मैले कुरा अगाडि बढाए । उहाको छोरीले खुसी हुँदै भन्नुभयो अब त आमाले आफै हिड्न सक्ने हुनुभयो धेरै खुसी लागेकोछ ।खुसी ब्यक्त गरे कुनै शब्द नै छैन म सङ्ग सर । सबै सबै टिमलाइ धेरै धेरै धन्यवाद ।तिलगंगाले गर्ने यी यस्तै कामहरुमा सफलता मिल्दै जाओस भन्दै आमा सङ्गै हिडेर घर तर्फ लाग्नुभयो ।

साच्चिकै डोर्याएर ल्याएको आफ्नो आमालाइ घर फर्किदा आमाको पछि पछि लागेर हिडेर जादा जति खुसी धनलक्ष्मिको छोरी हुनुहुन्थ्यो त्यो भन्दा खुसी हाम्रो टिम भएको थियो ।हातमा समाएर डोराउनु पर्ने अवस्थाका उनमा साहराबिनै हिँडडुल गर्ने हिम्मत पलाएको छ । अन्तमा खुसी भएर मलाइ आँखा देख्न सक्ने बनाउने सबैलाइ धन्यवाद भनेर मुस्कान दिएर जानुभयो ।म धन्य भए म पनि त्यो खुसिको एउटा हिस्सा हुन पाउँदा र गर्व गरे तिलगंगा जस्तो सस्थामा आबद्ध हुन पाउँदा । यो त केबल प्रतिनिधि पात्रको कथा मात्र हो ।आँखा शिबिरमा अप्रेशन भएका 47 जना मोतियाबिन्दुका बिरामिको अबस्था लगभग एउटै थियो । आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र रामेछापद्वारा तामाकोशि अस्पतालमा आयोजना गरेको दुइ दिने आँखा जाँच तथा शल्यक्रीया शिबिरका कारण उनीहरुजस्ता सयौं बिरामीले उपचार सेवा पाएका छन् ।

फागुन 4 गतेदेखि 5 गतेसम्म सञ्चालन गरिएको शिबिरमा 150 जनाको जतिको आँखा जाँच तथा औषधि वितरण गर्दा 47 मोतियाबिन्दु र एक जना आखामा मासु पलाएको (Pterygium)आँखाको शल्यक्रीया गरिएको छ । यो आखा शिबिर हिमालयन मोतियाबिन्दु परियोजना (HCP,USA)काे सहयोगमा भएकाे तथा HCP बाट कार्यक्रम अधिकृत हस्त राई र क्याम्प कमान्डरको रुपमा बाहय कार्यक्रम अधिकृत हरि कार्की आउनुभएको थियो । सामुदायिक आँखा केन्द्र रामेछापका प्रमुख उमेश तामाङ्ग ले यो शिबिरलाइ सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्ने सस्थाहरु हिमालयन मोतियाबिन्दु परियोजना (HCP ,USA ) ,तिलगंगा आँखा प्रतिष्ठान ,तामाकोशी सेवा समिती ,मन्थली नगरपालिका ,रातदिन नभनी निस्वार्थ रुपमा खटिनु भएका तामाकोशी बोर्डिङका भोलिन्टियर भाइबहिनिहरु,Islington College र Kadambari Memorial College Kathmandu का स्वयंसेवकहरु लगायत सम्पुर्ण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैसबैलाई धन्यवाद दिनुभएकोछ। जिवनका धेरै कुराहरु सङ्गम यो शिबिरमा देख्न पाइयो ।हिजो सम्म अन्धकारमा बाचेकाहरु आज उज्यालो सन्सारमा मुस्कानका साथ आफ्ना पाइलाहरु चलाइरहेको दृश्यको साक्षी हुन पाउनु शौभाग्य हो। जीवन चलिरहोस आखाको ज्योती कसैको नमुगोस । कमदकदाचित यदि गुमिहालेछ भने फर्केर ल्याउने शक्ति सबैको पहुचमा पुगिरहोस।
अनिल साउद(EHW )
तिलगंगा आँखा प्रतिष्ठान