२०८० मंसिर ६, बुधबार १५:५१
नुवाकोटमा निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर सम्पन्न

2080/08/06
तिलगंगा आँखा प्रतिष्ठान ,तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोट र रेडक्रस सोसाइटी नुवाकोट शाखा को आयोजना र फ्रेड हलोस फाउन्डेसनको सहयोगमा रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको भवनमा मिति 2080 मंसिर 4 गते देखि 6 गते सम्म सन्चालन भएको थियो । यस आँखा शिबिरलाई मध्यनजर गर्दै नुवाकोट जिल्ला भरी बीस ठाउमा मोतियाबिन्दु छनोट शिबिर सन्चालन भएको थियो । यस शिबिरमा 1751 जनाले आँखा जाँच गरेको र 213 जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको जानकारी तिलगंगा सर्जिकल आँखा केन्द्रका इन्चार्ज तारा बहादुर वाइबाज्यूले जानकारी दिनुभयो ।

शिबिरको सुरुको दिन अर्थात मन्सिर चार गते विशेष कार्यक्रम गरेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यमा सुरुवात भएको थियो ।
केही फोटोहरु


