विश्व दृष्टि दिवसको अवसरमा आँखा शिबिर सम्पन्न

आँखा जाँच कार्यक्रम मिति २०८०।०६।२५ गते ।


विश्व दृष्टि दिवस 2023 तथा “६८औं प्रहरी दिवस २०८०” को अवसरमा प्रहरीले सम्पादन गर्ने काम-कारवाहीलाई प्रभावकारी बनाउनका लागि मानव शरीरको संवेदनशील अङ्गको रुपमा रहेको आँखा (दृष्टि) सम्बन्धी समस्याहरुबाट स्वस्थ्य हुनु आवश्यक रहेकोले प्रहरी कर्मचारीहरुको आँखाको चेकजाँच गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय रामेछाप र तिलगंगा आँखा अस्पतालद्वारा संचालित सर्जिकल आँखा केन्द्र मन्थली रामेछापको समन्वयमा आज मिति २०७८०।०६।२५ गते जिल्ला प्रहरी कार्यालय रामेछापका तथा मातहत समेतमा कार्यरत १०५ जना प्रहरी कर्मचारीहरुको सर्जिकल आँखा केन्द्र मन्थली रामेछापद्वारा आँखा जाँच गरिएको छ ।

संवेदनशील अ‌ग हाे, आँखा । यसको समस्यासँगै जीवनयापन गर्नेको संख्या संसारमा धेरै छ । वार्षिकरूपमा अनुमानित ३५ लाख जनालाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखासम्बन्धी चोट लाग्ने गरेको विभिन्न अध्ययनले देखाएकाे छ ।विश्व स्वास्थ्य संगठन, आईएपीबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख मानिसहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेको अध्ययनले देखाउँछ ।र्‍यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (र्‍याब सर्भे २०२०) को पछिल्लो अनुसन्धानका अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्यामा २० प्रतिशतको दृष्टि कमजोर छ ।प्रत्येक वर्ष अक्टोबर १२ का दिन मनाइने विश्व दृष्टि दिवसको यस वर्षको नारा ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube