निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल द्वारा 371 जनाको फर्कियो गुमेको दृष्टि




तिलगंगा आँखा प्रतिष्ठान ,निजगढ तिलगंगा सामुदायिक आँखा केन्द्रद्वारा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर 9 स्थित प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा 2080 भाद्र 22 गते देखि 25 गते सम्म निशुल्क मोतिबिन्दु सूक्ष्म शल्यक्रिया शिबिर सन्चालन भएको हो । यस आँखा शिबिरको लागि भाद्र 19 गते देखि 24 भाद्र सम्म सर्लाही ,रौतहट ,पर्सा र बारा जिल्लाका दस ठाउमा मोतिबिन्दु छनोट शिबिर सन्चालन गरिएको निजगढ तिलगंगा सामुदायिक आँखा केन्द्र निजगढका इन्चार्ज दिपक सुबेदिले बताउनुभयो । आँखा केन्द्रको तथ्यांक अनुसार दस दिनको शिबिरमा 2791 जनाले आखा जाँच गरेको थियो भने मोतिबिन्दु भएका 553 जना हुनुहुन्थ्यो । जसमध्ये 371 जनाले निशुल्क सुक्ष्म शल्यक्रिया शिबिरमा शल्यक्रिया पश्चात मीठो मुस्कान सहित घर फर्किनुभएको थियो । डा.एलिना गुरुङ्गले 191 ,डा. सुनिल थकालीले 50 ,डा.अनुपमा अमात्यले 57 र डा.लिन्डाले 73 जनाको सफल शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया शिबिरमा अप्रेसन हुने बिरामिहरुको लागि घरबाट आउने र जाने बसको ब्यबस्था पनि निशुल्क रुपमा निजगढ तिलगंगा सामुदायिक आँखा केन्द्रले गरेको थियो ।
हामी सङ्ग छोटो अन्तरबार्तामा तिलगंगाबाट आउनुभएका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले अन्धोपनाको मुख्य कारण मोतिबिन्दु रहेको र सो को निवारणको लागि विभिन्न सस्थाहरुको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान , बाह्य कार्यक्रम मार्फत द्वारा देशका विभिन्न भागमा निजगढमा जस्तै आँखा शिबिर सन्चालन गर्नुका साथै बिस्वब्यापी बाह्य कार्यक्रम सन्चालन गर्ने जानकारी दिनुभयो ।
निजगढ आँखा शिबिर तिलगंगा आखा प्रतिष्ठान ,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल र द फ्रेड हलोज फाऊनडेसनले आयोजना गरेको यस शिबिरलाई स्वयंसेवी बनी ससस्त्र प्रहरी बल ,नेपाल पोलिस ,नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ निजगढ सिटिले गर्नुभएको योगदानको प्रसंशा गर्दै परियोजना प्रबन्धक इन्जिनियर राम गोपाल प्याथले सबै सहयोगी सस्था तथा ब्यक्तिहरुलाइ धन्यवाद दिनुभएको छ ।