खुर्कोटमा निशुल्क शल्यक्रिया शिबिर सम्पन्न

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा शनिबार देखि संचालन भएको दुई दिने मोतियाविन्दु भएका विरामीहरुको आँखाकाे निःशुल्क शल्यक्रिया शिबिर आज समापन भएको छ ।
सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाकाे संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चलेको थियोे भने आज सोमबार हिजो अप्रेसन गरेका बिरामिहरुको आँखा जाँच गरिएको थियो । गाउँ गाउँ गएर मोतियाबिन्दु छनोट शिबिर गरि 1312 जनाको आँखा जाँच गरि 134 जनाको मोतियाबिन्दु भेटिएको थियो भने यस शिविरमा जम्मा ७८ जनाकाे शल्यक्रिया सम्पन्न भएको सुनकोसी सामुदायिक अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता राजेश थापा मगरले बताउनुभयो।

फोटो फिचर


Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube