आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma) सम्बन्धी विशेष बार्तालाप

सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)
सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)भनेको के हो ?
अनिल :आखामा लाग्ने रोग व चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आखाको दृष्टि गुम्न सक्ने अबस्थालाइ आखाको आपतकालीन अबस्था भनिन्छ।
सन्तु : यस्तो कसरी हुन सक्छ सर ?
अनिल: सन्तु भाइ , यो विभिन्न कारणले हुन सक्छ ।जस्तै : आखामा रासायनिक पदार्थहरु परेमा वा चोटपटक लागेमा ।,अकस्मात देख्न कम हुने रोगहरु जस्तै अकस्मात हुने जलबिन्दु ,आखाको मध्य पत्रको संक्रमण ,आखाको पर्दा उप्किने भएमा ,नवजात शिशुको आँखा पाकेमा,आँखा भित्र पिप वा रगत देखिएमा,आँखा रातो भइ घाम वा बत्तिमा हेर्न गाह्रो हुन गएमा,आँसु बगिरहेमा र आखाको नानी र भित्री भागहरुको संक्रमण भएमा , आदि ।
सन्तु: ए आमा हो ! यस्तो पनि हुदो रहेछ । सर यसको रोकथाम तथा उपचार चाहिँ कसरी गर्ने नि ?
अनिल: सुन सन्तु भाइ । यस्तो अबस्थाहरुमा नचजाइ औषधि आखामा हाल्ने,मिच्ने तथा जडिबुटी को प्रयोग गर्नु हुदैन । यथाशीघ्र छिटो भन्दा छिटो आँखा उपचार केन्द्रमा गएर उपचार गराउनु पर्दछ।अन्यथा सधैको लागि आखाको ज्योती गुम्न सक्छ।
सन्तु : धन्यवाद सर । मेरो गाउमा यस्ता समस्या भएका भेटिए भने म सबैलाइ आँखा उपचार केन्द्रमा छिटो जान सल्लाह दिनेछु।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube