तिलागंगाको OMEC बिरामीको लागि बरदान

रामेछापको फर्पुका 78 बर्षिया धनलक्ष्मी सुनुवार विगत दुई वर्षदेखि मोतियाबिन्दुबाट पीडित हुनुहुदो रहेछ। उहाले केहि पनि देख्न नसक्ने भएर उनको दैनिक जीवनलाई अविश्वसनीय रूपमा गाह्रो बनाएको रहेछ। धनलक्ष्मीकी छोरी बालकुमारी सुनुवारले तिलगंगा आँखा प्रतिष्ठानको आउटरिच माइक्रोसर्जिकल आइ क्याम्प (OMEC) फाल्गुन 4 र 5 गते मन्थली तामाकोशी अस्पतालमा हुदैछ भन्ने सुन्नुभएको रहेछ र उनीहरूले आफ्नी आमालाई मद्दत गर्न सक्छन् भन्ने थाहा पाउनुभएछ।

फाल्गुन 3 गते नै धनलक्ष्मी र बालकुमारी मन्थलीस्थित रामेछाप जिल्ला सामुदायिक आँखा केन्द्रमा पुग्नुभयो। हाम्रो टोलीले धनलक्ष्मीको चेकअप गर्यो भिजन दुबै आखाको HM रहेछ अर्थात आखै अगाडि हात हलाएको मात्र देख्न सक्ने र चेकअप गरी मोतीबिन्दु भएको निदान गरेको थियो । हामिहरूले अर्को दिन उनको शल्यक्रियाको लागि तालिका बनायौ। धनलक्ष्मी डराउनुभएको थियो तर शल्यक्रिया सफल हुने र दृष्टि फर्किने आशामा डरको वास्तै गर्नुभएन ।

शल्यक्रियाको दिन आयो, धनलक्ष्मी र बालकुमारी चिन्तित त हुनुहुन्थ्यो के होला कस्तो होला भनेर तर शल्यक्रिया गरेर देख्नेछु भन्ने दृढ बिश्वासले आफ्नो पालो पर्खिरहेका थिए। प्रक्रिया सफल भयो र भोलिपल्ट, धनलक्ष्मीले फेरि देख्न पाउनुभयो। उनको दृष्टि दुबै आखाको 6/24 मा सुधार भएको थियो, र धेरै खुसी हुनुभयो। उहाले आफ्नो परिवारका सदस्यहरूको अनुहार र आफ्नो वरपरको संसारलाई एक पटक स्पष्ट रूपमा देख्न सक्ने हुनुभयो। धनलक्ष्मीकी छोरी आफ्नी आमालाई फेरि खुशी र स्वस्थ देखेर रोमाञ्चित भइन्।

उहाले हामी सङ्ग बिगतका आमाले देख्नै नसकेर भोगेका दुखका कुराहरु गर्नुभयो । आमाले दैनिक कार्यहरू स्वतन्त्र रूपमा पूरा गर्न संघर्ष गरिरहनुभएको थियो। उनलाई खाना खाने प्लेट हेर्न नसकेर भुइमा पटक पटक हात पर्ने गरेको, शौचालय जान र हिँडडुल गर्न गाह्रो भैरहेको जस्ता कुराले मेरो मन तिलगंगा प्रती आभारी भैरहेको थियो किनकी अब धनलक्ष्मी परिवर्तन भएकि महिला थिइन् । उनी अब स्वतन्त्र रूपमा काम गर्न र नयाँ आशाका साथ संसार हेर्न सक्छिन भन्ने पुर्ण रुपमा आखै अगाडि देखिदै थियो।

मैले उहाँ अस्ति आउदै गरेको दृश्य सम्झे छोरिले हात समाएर बाटो यस्तो छ उस्तो छ भनेर बताउदै हिडाइरहेको र आमाले शिर झुकाएर मलिनो अनुहारले हिडिरहेको । अब धनलक्ष्मीको अनुहारमा चमक आएको थियो । आमा तपाईं त गोरि हिरोइन देखिनुभयो नि भन्दा देखिन्छु नि अब त भन्दै ओठमा मुस्कान भर्दै दुबै हात हल्लाउदै घर तर्फ नयाँ आत्मविश्वासका साथ टाउको उचालेर एक्लै हिँडिन्।पछि पछि छोरी लागिन। तिलगंगा टोली र उनको दृष्टि पुन: प्राप्त गर्न मद्दत गर्ने सबैप्रति कृतज्ञ हुनुहुन्थ्यो ।छोरिले सबै सबैलाइ धन्यवाद र अझै यस्ता कामहरु सधै भैरहुन भन्ने आशीर्वाद दिएर जानुभयो।

मैले उनको छोरीलाई पाँच दिन पछि फोन गरेर कुरा गर्दा बाल कुमारी आफ्नी आमा आत्म-प्रेरित र आशावादी भैरहेको कुरा बाँड्न पाउँदा रोमाञ्चित भइन्। मेसेन्जरबाट आमाका फोटोहरु पठाइदिनुभयो।उनी सधैं मुस्कुराइरहेकी थिइन्, र उनको सकारात्मकता फोटोमै देखिन्थ्यो।

messenger photo

धनलक्ष्मीको कथा मोतीबिन्दुको शल्यक्रियाले मानिसको जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने धेरै उदाहरणहरू मध्ये एक हो। धेरैका लागि, यो उनीहरूको स्वतन्त्रता पुन: प्राप्त गर्ने, आफ्ना प्रियजनहरूलाई स्पष्ट रूपमा हेर्ने र पूर्ण रूपमा जीवन बिताउने अवसर हो। तिलगंगा टोली र उनीहरू जस्ता अरूहरूले अथक परिश्रम गरी उनीहरूलाई आशा र निको पार्ने काम गर्छन् जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ। तिनीहरूको काम मानवताको शक्ति र हामीले एक अर्काको जीवनमा पार्न सक्ने प्रभावको प्रमाण हो।

Anil Saud

Tilganga EHW

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube