Mahakali Optical and Care Center

आँखा स्वास्थ्य केन्द्र प्रत्येक पालिका सम्म पुग्नुपर्छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी(आईर्एपीवी)ले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्युनिकरण गर्न सन् १९९९ फेबुअरीमा भिजन २०२०ः राइट टु साइटको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवालाई जोड दिँदै प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउदै आएको छ ।
थोरै बिस्वब्यापी तथ्यांकको सारान्श हेरौ। बिस्वभरी करिब तीन करोड साठी हजार म्निसहरु दृष्टि बिहि छन भने दुई अरब छयालीस करोड हाराहारी मानिहसहरु कम दृष्टि या गहिरो प्रकृतिको दृष्टि जन्य समस्याबाट प्रभावित छन ।स्मरण रहोस बिस्वभरी नै कुल दृष्टि बिहिन जनसंख्याको 90% बढी जनसंख्या न्यून आयस्रोत भएका र आर्थिक रुपमा बिपन्न परिवारमा बस्छन।
बिस्वभरी कुल दृष्टि बिहिन जनसंख्या मध्ये लगभग  एक करोड नब्बे लाख जना बालबालिका रहेका छन।  दृष्टिबिहिनताको उपचार र स्वस्थ्य दृष्टि विश्व जगतको लागि जल्दोबल्दो चुनौती भएको छ।

नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकालेे सन् १९९९ नोभेम्बरमा भिजन २०२० : राइट टु साइटको अधिकार कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१-२०१९) लागू गरेको थियो ।

आज यस दिवसमा विश्वभरिका विभिन्न संघ-संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ । नेपालका धेरैजसो आँखा अस्पताल,सामुदायिक आँखा केन्द्र ,विभिन्न आँखा क्लिनिकहरुले जनप्रतिनिधि लगायत अन्य सर्बसाधारण जनताहरुको निसुल्क आँखा चेक जाँच गरि यो दिवस मनाएको छ।

विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । दक्षिण एसियालि देशहरुमा आँखा स्वास्थ्यको हिसाबले नेपाल अग्र पङ्तीमा रहेको छ।
आँखा स्वास्थ्यलाइ सरकारी तवरबाट खासै चासो नदिनाले र अन्य सस्थाहरु सबै ठाउमा पुग्न नसक्नाले गाउघरमा दृष्टिको  हेरचाह तथा सरसफाइ सम्बन्धि आबस्यक जानकारी नहुदा सामान्य रोगहरु पनि जटिल अबस्थामा पुगेर विभिन्न समस्या भोगिरहेका हुन्छन।  यसपाली दशै बिदामा दार्चुला जादा आँखा सम्बन्धि समस्या भएका आफन्तहरुको आँखा जाँच गर्दा सुरुवाती अबस्थामै उपचार पाएको भए धेरैको दृष्टि सुधार हुन सक्थ्यो भन्ने बुझियो। यस्तै सबै ग्रामीण इलाकाहरुमा छ होला।

यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिदै प्रतेक पालिका स्तर सम्म आँखा उपचार सेवालाइ पुर्याउनु  अब नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा आँखा स्वास्थ्य सङ्ग सम्बन्धित गैरसरकारी सस्थाहरुको पहिलो प्राथमिकता हुनुपर्छ र विश्व दृष्टि दिवस मनाएको पनि सार्थकता हुनेछ नत्र भने सहरमा बस्नेहरुले चेक जाँच गराएको फेसबूकको फोटो हेरेर गाउको मान्छेको आँखा रोइरहनेछ।

Exit mobile version