Mahakali Optical and Care Center

स्वास्थ्यसेवा पहुँचयोग्य बनाउन सम्झौता

महेन्द्रनगर, कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पताल एन्ड रिसर्च सेन्टरमहाकाली अप्टिकल एन्ड केयर सेन्टरबीच स्वास्थ्य सेवा आदानप्रदानका लागि द्विपक्षीय सम्झौता (MoU) भएको छ। बिरामीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले दुवै संस्थाबीच बिहीबार एक औपचारिक सहमति भएको हो।

सम्झौता पत्रमा मन्त्र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. गोविन्द रोकाया र महाकाली अप्टिकल एण्ड केयर सेन्टरका तर्फबाट सञ्चालक अनिल साउदले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताका मुख्य सुविधाहरू:

यस सहकार्य अन्तर्गत अब दुवै संस्थाका सेवाग्राहीले निम्नानुसारका विशेष सुविधाहरू पाउनेछन्:

१. मन्त्र अस्पतालका बिरामीका लागि:

२. मन्त्र अस्पतालका कर्मचारी र परिवारका लागि:

३. महाकाली अप्टिकलका सेवाग्राहीका लागि मन्त्र अस्पतालमा छुट:

महाकाली अप्टिकलबाट सिफारिस भई आउने बिरामीहरूले मन्त्र अस्पतालमा निम्न छुट प्राप्त गर्नेछन्:


सेवाको गुणस्तरमा प्रतिबद्धता

सम्झौता कार्यक्रममा बोल्दै दुवै पक्षले प्रचलित स्वास्थ्य मापदण्ड र व्यावसायिक आचारसंहिता पालना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सम्झौता हाललाई एक वर्षका लागि लागू गरिएको र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

यस सहकार्यले महेन्द्रनगर क्षेत्रका बासिन्दाहरूलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ।

केही तस्बिरहरु :


Exit mobile version