Mahakali Optical and Care Center

दृष्टि दोष ( Refractive Error ) भनेको के हो ?

आँखाले देखेको बस्तुको आकृति आँखाको भित्र रेटिना (दृष्टि पर्दा) मा बन्दछ। आँखाले कुनै पनि बस्तुलाई राम्ररि देख्न वा छुट्याउन नसक्नुलाई नै दृष्टि दोष भनिन्छ। दृष्टि दोष भएका मानिसले टाढा, नजिक अथवा दुवै राम्ररी देख्न सक्दैनन्।

यसका लक्षणहरु के के हुन ?

टाढा वा नजिकको बस्तु राम्ररी देख्न, पढ्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा डेडो हुनु आदि दृष्टि दोषका लक्षणहरु हुन्।

यसको उपचार के हो?

यसको उपचारका लागि नजिकको आँखा अस्पताल वा आँखा स्वास्थ्य किल्निकमा गएर आँखाको जांच गराई, चिकित्सकको सल्लाह अनुसार चश्मा वा कन्ट्याक लेन्सको प्रयोग गर्नु पर्दछ। समयमा गरिएको दृष्टि दोषको उपचारले सम्भावित आँखाको अल्छीपना तथा अन्धोपना हुनबाट बचाउछ। दृष्टि दोष भएका बालबालिकाको प्रत्येक ६/६ महिनामा आँखाको नियमित जाच गराउनु पर्दछ।

यसको समयमा उपचार नगराए के हुन्छ?

यस्ता समस्या भएका बालबालिकाको उपचार समयमा नगराए आँखाको दृष्टि बिकास राम्ररि हुन पाउदैन, फलस्वरूप पछि गएर आँखा अल्छी भई बालबालिकाहरु सदाको लागि दृष्टिबिहिन हुन सक्दछन।

#प्रतेक छ महिनामा आँखा जाँच गराऔ र सुन्दर सन्सारमा आफ्नो खुसी कायम राखौ

Exit mobile version