
समता स्कुल मन्थली 1 रामेछापमा A Digital marketing pvt.ltd द्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम सभापतिको रुपमा समता स्कुलका प्र.अ. मनिषा बुढाथोकी ज्यू ,प्रमुख अतिथिको रुपमा मन्थलि सहिद स्मृति बहुमुखी क्याम्पसका स्वबियु सचीव सुशील थापा ज्यू ,बिशिस्ट अतिथिको रुपमा A Digital Marketing pvt.ltd कम्पनिका CEO अनिल साउद लगायत समता स्कुलका शिक्षिकाज्यूहरु ,अभिभावक बर्ग र अन्य स्थानीयहरुको उपस्थितिमा भब्य तरिकाले हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्यूले यस्ता कार्यक्रमहरुले बिध्यार्थिहरुको पढाइ प्रती लगाव बढ्ने र सानै देखि प्रतिस्पर्धामा भाग लिदा आत्मबल बढ्ने भन्दै कार्यक्रम गर्ने सस्था प्रती उच्च सम्मान ब्यक्त गर्नुभयो । विशेष अतिथिको रुपमा बोल्दै अनिल साउद ज्यूले समाजसेवी उत्तम सन्जेल द्वारा संचालित समता स्कुलले न्युनतम शुल्कमा सर्बसाधारणका छोराछोरीहरुलाइ देशभर लगायत अन्तरास्ट्रिय क्षेत्रमा स्कुल खोली पढाइरहेको स्कुलमा हामिले पनि सकेको योगदान दिन पाउदा खुसी महसुस भएको कुरा ब्यक्त गर्नुभयो ।साथै उहाले समता स्कुलमा बिध्यार्थिहरुको सामान्यज्ञान सम्बन्धी जानकारी सानै देखि उत्कृष्ट रहेको थाहा पाउँदा सबै शिक्षक ,बिध्यार्थी तथा अभिभावकहरुलाइ अझै समता स्कुललाइ माया गरिराख्नुस है भन्दै आफ्नो भनाइ टुङ्गाउनुभयो ।
अन्तमा सभापतीज्यूले यसरी कार्यक्रम आयोजना गरि पुरुस्कार समेतको ब्यबस्था गरि हाम्रो स्कुल परिवारको हौसला बढाइदिनुभएकोमा A digital marketing pvt.ltd का CEO अनिल साउद ज्यू लाई धन्यवाद दिदै आउदा दिनहरुमा पनि यस स्कुललाइ साथ ,सहयोग र हौसला दिइरहनुहुन्छ भन्ने आशा ब्यक्त गर्नुभयो ।
हाजिरिजवाफ प्रतियोगितामा समता स्कुल रामेछापको अन्तर समुहमा प्रतिस्पर्धा गराइएको थियो भने प्रथम हुने समूह A द्वितीय हुने समूह D ,तृतीय हुने समूह B र सान्त्वना हुने समूह C भएको थियो । सबैलाइ प्रमुख अतिथी र बिशिस्ट अतिथी ज्युले पुरुस्कार स्वरुप कापी र कलम बितरण गर्नुभएको थियो ।
