
सप्तरी जिल्ला कन्चरुप नगरपालिका वडा नम्बर 12 स्थित कृति सामुदायिक उपचार केन्द्रको भवनमा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोग,कृति कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको ब्यबस्थापन र हिमालय मोतिबिन्दु परियोजनाको आर्थिक सहयोगमा माघ तीन गते देखि छ गते सम्म शिबिर आँखा शिबिर सन्चालन भएको हो । शिबिरमा नेपालमा विभिन्न जिल्ला र भारतको बिहार प्रदेशका सर्बसाधारणहरुको निशुल्क मोतियाबिन्दुको अप्रेसन भएको छ । शिबिरमा आँखा जाँच गराउने 1731 जना आउनु भएको र त्यसमध्ये आखामा मासु पलाएका ६ जनाको र मोतिबिन्दुको ५५५ गरि जम्मा ५६१ जनाको सफल शल्यक्रिया गरिएको कुरा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अस्पताल इन्चार्ज डा. प्रकाश मण्डलले जानकारी दिनुभयो । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रले तिलगंगा सङ्ग सहकार्य गर्दै बिगत 2074 देखि हरेक बर्ष निरन्तर शिबिर चल्ने गरेको जानकारी तिलगंगाका कर्मचारी अनिल साउदले दिनुभयो । शिबिरमा स्थानिय जनता, स्थानीय सरकार , नेपाल प्रहरी ,श्री शंकर माध्यमिक बिध्यालयको सहकार्य अतुलनीय रहेको जानकारी अनिल साउदले दिनुभयो ।
केही फोटोहरु:
