
जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पताल बिच भएको मैत्रीपुर्ण फूटबल प्रतियोगिता आज मिति 2080 मंसिर 23 गते शनिबार सम्पन्न भएको छ । रामेछाप अस्पतालबाट पहिलो एक गोल राजन श्रेष्ठले गरेको थियो । त्यसपछि पेनाल्टीमा मन्थली अस्पतालका मेसु डा. समीर क्षेत्रीले गोल गर्दा बराबरी भएको थियो भने दोस्रो पारिमा फेरि मन्थली अस्पतालबाट बिमल सुबेदिको पासमा डा. समीर क्षेत्रीले दोस्रो गोल गर्दा जितको नजिक मन्थली अस्पताल टिम पुगेको थियो । खेलको समय नाघेपछी फेरि थप दस मिनेटको समय राखेर खेल्दा रामेछाप अस्पताल टिमले पेनाल्टी पाएको थियो तर दुर्भाग्यबश बल पोस्ट बाहिर हान्दा गोल हुन पुगेन । र मन्थली अस्पतालले खेल जित्न सफल भएको थियो ।