
ओखलढुंगा जिल्ला मानेभ्ज्याङ गाउँपालिकाका ३४ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आधारभूत आँखा स्वास्थ्य उपचार तालिम तिलगंगा आँखा प्रतिष्ठान ,जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको आयोजना ,मानेभञ्ज्याङ गाउपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको सहकार्य र द फ्रेड हलोस फाउन्डेसनको आर्थिक सहयोगमा एक दिने तालिम सम्पन्न भएको हो । तालिममा दृष्टि क्षमता जाच्ने तालिम र आखामा लाग्ने रोगहरुको बारेमा प्रशिक्षण गरिएको थियो । सहभागी स्वयंसेवकिहरुलाइ टर्च लाइट,दृष्टि जाँच गर्ने इ चार्ट ,दुरि नाप्ने फित्ता ,आधारभुत आँखा उपचार पुस्तिका , आखामा समस्या भएका बिरामी भेटिए आँखा केन्द्र पठाउने प्रेषण कार्डहरु सहितको झोला पनि दिइएको जानकारी जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाका इन्चार्ज नेत्र अधिकृत टीका च्याम्लिङ्ग राइज्युले बताउनुभयो । यी सामानहरुले सामान्य रुपमा आँखा स्वस्थ भएको र नभएको छुट्ट्याउन र तुरुन्तै आँखा केन्द्र सम्म बिरामी प्रेषण गर्न सक्नेछन भन्ने बिश्वास लिएका छौ -टीका च्याम्लिङ्ग राई ।
केही फोटोहरु