Mahakali Optical and Care Center

महाकाली अप्टिकलले कसरी Perfect चस्मा बनाउँछ?

धेरैलाई लाग्छ, चस्मा भनेको पावर मिलाएर लेन्स फ्रेममा हालिदिए पुग्छ। तर वास्तविकता त्यस्तो होइन। राम्रो चस्मा बनाउन सही पावरसँगै सही मापन, गुणस्तरीय लेन्स र मिलिमिटरको शुद्धतामा फिटिङ पनि उत्तिकै आवश्यक हुन्छ।

महाकाली अप्टिकल एण्ड केयर सेन्टरमा हामी यो प्रक्रिया अपनाउँछौं:

१. विस्तृत आँखा जाँच
अनुभवी Eye Care Professional द्वारा कम्प्युटराइज्ड तथा आवश्यक म्यानुअल परीक्षण गरी सही पावर निर्धारण गरिन्छ।

२. जीवनशैली अनुसार लेन्स छनोट
कम्प्युटर, मोबाइल, अफिस, ड्राइभिङ, पढाइ वा दैनिक प्रयोगलाई ध्यानमा राखेर उपयुक्त लेन्स सिफारिस गरिन्छ।

३. Frame Fitting र PD Measurement
प्रत्येक व्यक्तिको अनुहार अनुसार Frame मिलाइन्छ। Pupillary Distance (PD) र आवश्यक भए Fitting Height पनि मिलिमिटरको शुद्धतामा मापन गरिन्छ।

४. AI Auto Edging Machine द्वारा लेन्स काट्ने
आधुनिक Auto Edging Machine प्रयोग गरेर लेन्सलाई फ्रेमअनुसार अत्यन्तै सटीक रूपमा काटी फिट गरिन्छ।

५. Quality Check
बनिसकेको चस्माको पावर, Axis, Centration, फिटिङ र फिनिसिङ पुनः परीक्षण गरिन्छ।

६. अन्तिम Fitting र Guidance
ग्राहकलाई चस्मा आरामसँग बस्ने गरी Adjust गरिन्छ र प्रयोग तथा हेरचाह गर्ने सही तरिका पनि सिकाइन्छ।

हाम्रो उद्देश्य केवल चस्मा बेच्नु होइन, तपाईंलाई स्पष्ट, आरामदायी र गुणस्तरीय दृष्टि प्रदान गर्नु हो। “सन्चालक तथा आँख स्वास्थ्य कार्यकर्ता अनिल साउद

Exit mobile version