मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
उनले चाल्र्स बेस्टसँग मिलेर क्यानडा को टोरन्टो शहरमा 1921मा इन्सुलिनको खोजी गरेका थिए ।
यो वर्ष अर्थात् सन् २०२२ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ ‘Education to Protect Tomorrow’ रहेको छ । अर्थात्, भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन्
इन्टरनेसनल डायबेटिज फेडेरेसनका अनुसार विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित छन् । मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ ।
अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह रहेको पाइएको छ।
हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको बताइन्छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुन्छ ।
संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिन्छ।
मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये ४.८ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ ।
अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।
हरेक ब्यक्तिले प्रत्येक छ महिनामा मधुमेहको जाँच गर्नुपर्छ । हरेक मधुमेहका बिरामिले प्रत्येक छ महिनामा आखाको जाँच गर्नुपर्छ।
समयमै थाहा पाए औषधि नखाइ मधुमेहबाट बच्न सकिन्छ।मधुमेह भएका बिरामिले समयमै आखामा असर पर्न लागेको थाहा पाए अन्धो हुनबाट वचन सकिन्छ।