सन्सारको सबैभन्दा ठूलो ग्यास कम्पनीका मालिक होबार्ट हब्सन जिवनका अन्तिम घडिहरुमा पागल भए ।न्युयोर्क स्टक एक्सचेञ्जका प्रेसिडेन्ट रिचार्ग जेल जीवन बिताए । वालस्ट्रीटका ठुला सेयर बजारी जेस्सी लिभरमोरले आत्महत्या गरे । हिजो अस्ति नै भारतका सेयरबजारमा बिग बूल भनेर चिनिने झुनझुनवालाको अल्पायुमै हृदयघातका कारण मृत्युु भयो । यस्तै हिजो को एक पत्रीकामा 72 बर्षको उमेरमा पनि एउटा नेपाल सरकारको पुर्ब कर्मचारी भ्रस्टाचारको मुद्दामा तारिख बुझाउदा बुझाउदा हैरान भएको सामाचार पढेको थिए। मैले चिनेकै एउटा सरकारी कर्मचारी हुनुहुन्थ्यो उहाले अत्यधिक अकुत सम्पती जोडेको भन्ने समाजमा गोप्यरुपमा कुरा भैरहन्थ्यो ।उहाको छोरा ड्रग्स सेवन गर्ने कुलतमा फसेको छ भने छोरिले आत्महत्या गरेकी थिइन । अचेल उहाँ सधै रक्सिको नसामा दिनहरु काट्दै हुनुहुन्छ। यी उदाहरणहरु केबल पात्र मात्रै हुन कथा बेग्लै छ ।
उनिहरुले पैसा जम्मा गर्न सफल भए पनि जीवनलाई सफल बनाउने कुरामा असफल भए ।यिनिहरुको सानो उदाहरण दिएर तपाइहरुलाइ पैसा दुर्भाग्यको जड रहेछ भन्ने गलत सन्देश दिन खोजेको होइन। पैसाले कहिल्यै समस्या निम्त्याउदैन।पैसाले त भोकालाइ खाना,बिरामिलाइ औषधि र लगाउनलाइ कपडा उपलब्ध गराउछ। उनिहरुले जिवनमा पैसालाइ मात्र महत्व दिए जबकी जीवन सफल बनाउन अन्य छ तिल्लिको (छ तिल्ली के के हुन भनेर थाहा छैन भने मेरो पुर्ब पोस्ट पढ्नुहोला) पनि उतिक्कै योगदान हुन्छ भन्ने कुराको ज्ञान राखेनन।
हामिले दुई किसिमको शिक्षा ग्रहण गर्नुपर्दछ -एउटा जसले कसरी जीवन धान्ने भन्ने सिकाउछ र अर्कोले कसरी जीवन जिउने भन्ने सिकाउछ।कोहि मानिसहरु आफ्नो काममा यति ब्यस्त हुन्छन की उनिहरु आफ्नो घर ,परिवार,तथा सामाजिक जिम्मेवारीलाई वास्ता गर्दैनन।तर उनिहरुलाइ किन यति धेरै ब्यस्त भएको भनेर सोधियो भने ,”घर परिवारका लागि यसरी मरिमेटेर काम गरिरहेको छु “भन्ने गर्छन।
धेरै जसोको बिहान काममा निस्किदा बालबच्चा सुतिरहेका हुन्छन् र कामबाट रातमा फर्किदा उनिहरु निदाइसकेका हुन्छन ।यसरी नै बीस बर्षसम्म काम गरिरहने हो भने घर परिवार केही पनि बाकी रहदैन्न।यो त दु:खदायी कुरा भएन र ? दुःखदायी लाग्यो भने तपाइले आजैबाट आफ्नो दैनिकी परिबर्तन गर्नुहोस । थोरै भए पनि आफ्ना पुराना साथिहरुसङ्ग सजिलो हुने माध्यमबाट कुरागरिरहनुहोस। परिवारका सबै सदस्यहरु सङ्ग मिजासिलो स्वभावमा बोल्ने गर्नुहोस। श्रीमती बालबच्चा छन भने दिनभरी मैले यो यो गरे भनेर कुरा सुरु गर्नुहोस र उनिहरुले पनि दिनभरी गरेका कामहरुको बारेमा तपाइलाइ खुसी भएर भन्नेछन। आमाबुबा सङ्ग पुराना कुरा गर्नुहोस ताकी तपाइले गरेको प्रगतीमा उहाको ठूलो भुमिका छ भनेर गर्व गर्न सकुन। गैरकानुनी रुपमा पैसा जम्मा गर्नेतिर नलाग्नुस त्यसले चिन्ता माथी चिन्ता थोपरिरहेको हुन्छ। स्वाभिमानी बन्नुस ।कसैले जागिरबाट निकालिदेला भन्ने डर लाग्छ भने आफ्नो सीप बिकास हुने कार्य गरिरहनुस ताकी अन्यठाउमा वा आफै पनि केही गरेर अर्थोपार्जन गर्न सकियोस। समाजमा भैरहने सामाजिक काममा सरिक भैरहनुहोस त्यसले तपाइप्रती समाज सकारात्मक भैरहनेछ। फेसबूकमा नकारात्मक कुरा कहिलै नलेख्नुस किनभने तपाइको कुरा पढेर अरु उत्तेजित भएर नराम्रो काम गर्न सक्छन । सधै सकारात्मक रुपमा बिचार गरेर काम गर्नेगर्नुस ।यदि गल्ती भैहाले पनि अरुलाइ सुधार्न सहयोग माग्न सकियोस। आफू भन्दा माथिका कर्मचारीलाई सम्मान गरिराख्नुस र आफू मातहतका कर्मचारिलाइ उत्प्रेरणा र माया गरिराख्नुस । जीवन बक्ररेखा हो हामिले सरल रेखामा मा हिडिरहनुपर्छ। प्रत्येक घुम्तिसम्म मात्र आफ्ना योजनाले काम गर्छन ।त्यसपछी अर्को सरलरेखा आउँछ। चलिरहन्छ जीवन आफ्नो लागि कम अरुको लागि धेरै ।अरुकै लागि जिउनुमा छ मज्जा यदि बुझ्नुहुन्छ भने ।