Mahakali Optical and Care Center

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क मानसिक रोग विशेषज्ञ सेवा

मिति: २०८१ कार्तिक ३०, शुक्रबार

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र, कन्चनरुप–12, रुपनगरमा मानसिक स्वास्थ्यको विषयमा विशेष शिविर आयोजना गरिएको छ। शिविरमा बिराट शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. नवराज कोइराला र डा. दिक्षा कार्कीले 27 जनाको निशुल्क मानसिक स्वास्थ्य चेकजाँच गरेका छन्।

शिविरको नेतृत्व गर्दै केन्द्रका अध्यक्ष अमर श्रेष्ठले यस्तो शिविर विशेष गरी मानसिक स्वास्थ्य समस्याबाट पीडित, आर्थिक अवस्था कमजोर, र ठूला अस्पतालमा उपचार गर्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस प्रकारका शिविरले स्थानीयस्तरमा मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन र उपचारको पहुँच पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।

डाक्टर दिक्षा कार्कीका अनुसार बिराट शिक्षण अस्पतालले समुदायस्तरमा पुगेर यस्ता शिविरहरू सञ्चालन गर्दै आएको छ। “अस्पताल बाहिर समुदायमा पुगेर मानसिक स्वास्थ्यसम्बन्धी सेवा पुर्‍याउनु हाम्रो प्राथमिकता हो,” उहाँले बताउनुभयो।

शिविरले स्थानीय समुदायलाई मानसिक स्वास्थ्यप्रति सचेत र सजग बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

Exit mobile version